12 months ago
January 28, 2024
एजेन्सी – पाहुना टोली इंग्ल्याण्डले पाँच टेस्ट म्याच शृंखलाको पहिलो टेस्टमा भारतमाथि सनसनीपूर्ण जित दर्ता गरेको छ । हैदराबादमा भएको पहिलो टेस्टमा इंग्ल्याण्डले भारत विरुद्ध २८ रनको जित दर्ता गरेको हो ।
दोस्रो इनिङमा २३० रनको लक्ष्य पछ्याएको भारत चौथो दिनको अन्त्यतिर २०२ रनमा समेटियो । भारतलाई समेट्न इंग्ल्याण्डका लागि डेब्यु गरिरहेका टम हार्टली एक्लैले ७ विकेट लिए । यस्तै जो रुट र ज्याक लिचले समान एक एक विकेट लिए । लक्ष्य ठूलो नभएपनि पिचले स्पिनरहरुको साथ दिएका कारण भारत घरेलु मैदानमा नै परास्त हुन पुग्यो ।
भारतका लागि दोस्रो इनिङमा रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । यस्तै श्रिकार भरत र रवि चन्द्रन अश्विनले समान २८ रन बनाए । स्पिनका सामु भारतीय ब्याटर पनि निरीह रहे ।
१९० रनले पछि परेको अवस्थामा दोस्रो इनिङ सुरु गरेको इंग्ल्याण्डका लागि ४२० रन पुर्याउन सबैभन्दा ठूलो योगदान ओली पोपले गरे । अरु कुनै ब्याटरले अर्धशतक पनि बनाउन नसकेको इनिङमा उनी एक्लैले १९६ रन बनाउँदै दोहोरो शतक बनाउनबाट मात्र ४ रनले चुके । पहिलो इनिङमा १ रन मात्र बनाएका उनले दोस्रो इनिङमा भने सानदार शतक प्रहार गरे ।
पहिलो इनिङमा इंग्ल्याण्ड २४६ रनमा अलआउट भएको थियो । भारतले भने ४३६ रन बनाउँदै १९० रनको अग्रता लिएको थियो । गत इंग्ल्याण्डको दोस्रो इनिङमा पनि बलियो अवस्थामा रहेको भारतले खेल भने गुमाउन पुग्यो ।
पाँच टेस्टको शृंखला अन्तर्गत दोस्रो टेस्ट भिसाखापट्नममा फेब्रुअरी २ देखि सुरु हुने छ ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]
January 21, 2025
हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]