default_image

6 months ago

February 7, 2024

सडन डेथमा विजयी हुँदै एनआरटी फाइनलमा

1073 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- एनआरटी हेटौंडामा जारी छैटौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिता–२०८० को फाइनलमा प्रवेश गरेको छ ।

धनकुटा राजारानी क्लबलाई बुधबार सडन डेथमा हराउँदै एनआरटी अन्तिम दुईमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरी र टाइब्रेकर ५-५ बराबरीपछि खेल सडन डेथमा गएको थियो। टाइब्रेकरपछि १५/१५ पेनाल्टीमा पुगेर निर्णय भएको थियो।

राजारानीको २०औं पेनाल्टीमा शिशिर लेखीले प्रहार गर्दा एनआरटीका गोलरक्षक प्रिसोले रोकेका थिए । एनआरटीका मोहिन गुरुङले विजयी गोल गरेपछि एनआरटी फाइनल प्रवेश गरेने पहिलो टोली बनेको हो ।खेलको म्यान अफ द म्याच एनआरटीका प्रिसोले १० हजार रुपैयाँ पाए ।

प्रतियोगितामा शुक्रबार हुने सेमिफाइनलमा एपिएफ र सर्लाहीको बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.