default_image

3 weeks ago

February 12, 2024

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाविरुद्ध जारी सिरिजको अन्तिम खेल खेल्दैछ । सुरुवाती दुवै खेल जितेर २-० ले सिरिज पक्का गरिसकेको नेपाल घरेलु सिरिजमा पहिलो पटक क्लिनस्विप गर्ने प्रयासमा हुनेछ । कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका छन् । हेमन्त धामीले डेब्यु गर्ने भएका छन् । नेपालले कुल […]

6599 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाविरुद्ध जारी सिरिजको अन्तिम खेल खेल्दैछ । सुरुवाती दुवै खेल जितेर २-० ले सिरिज पक्का गरिसकेको नेपाल घरेलु सिरिजमा पहिलो पटक क्लिनस्विप गर्ने प्रयासमा हुनेछ ।

कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका छन् । हेमन्त धामीले डेब्यु गर्ने भएका छन् । नेपालले कुल ४ परिवर्तन गरेको छ ।

पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्केका छन् । हेमन्त डेब्यु गर्दैछन् ।

क्यानडाले पनि टोलीमा ३ परिवर्तन गरेको छ ।

नेपालको प्लेइङ ११: अनिल शाह, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, ललित नारायण राजवंशी

बेन्च : सुर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी, आसिफ शेख

क्यानडाको प्लेइङ ११ : आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), श्रेयास मोभा, उदय भगवान सिंह, श्रीमन्थ विजयरत्ने, डिलोन हेलीगर, निखिल दत्त

March 2, 2024

बलिङ चम्कँदा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १ सय २१ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुनुअघि १ सय २० रन जोड्यो । पहिलो ओभरमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सले तेस्रो विकेटका लागि संयमित साझेदारी पाएको थियो । तर मध्यक्रममा […]

March 2, 2024

प्रतिश र कुशललाई लगातार २-२ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी र बायाँ हाते स्पिनरले एकै ओभरमा नेदरल्यान्ड्सका २-२ ब्याटरलाई आउट गरेका छन् । नेदरल्यान्ड्स १० ओभर सकिँदा ६ विकेट गुमाएर ६० रनको दयनीय स्थितिमा छ । क्रिजमा तेजा निदामानुरु २ रनमा छन् । इनिङको नवौं ओभरमा प्रतिशले डच कप्तान स्कट एडवार्ड्स र ओपनर म्याक्स […]

March 2, 2024

करणलाई पहिलो ओभरमै दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले नेदरल्यान्ड्सविरुद्ध खेलको पहिलो ओभरमै दुई विकेट लिएका छन् । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले पहिलो ओभरमा ४ रन जोडेर २ विकेट गुमायो । करणले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्र सिंह ऐरीको बलमा मिड अफमा क्याच गराए । लेभिटले दोस्रो बलमा चौका प्रहार गरेका थिए । […]

Success

Thank you for your time.