default_image

5 months ago

February 13, 2024

हेटौंडा भेट्रान्स कप यसै महिना

210 views

0 Bookmark


हेटौंडा (हाम्रो खेलकुद) – हेटौंडा भेट्रान्स क्लबको आयोजनामा यसै महिना नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साईड रनिङ सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।

हेटौंडा ४ स्थित हुप्रचौरमा फागुन २२ गते सुरु हुने प्रतियोगितामा २२ टोलीको सहभागिता रहने मंगलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा क्लबका कार्यवहाक अध्यक्ष नवराज बज्राचार्यले जानकारी दिए ।

प्रतियोगितामा ४५ वर्ष पुरा भएका खेलाडीको सहभागिता रहने र हरेक टोलीले अनिवार्य ५० वर्षभन्दा माथिका खेलाडीलाई समावेश गर्नुपर्ने प्रतियोगिताका संयोजक प्रशान्त पाख्रिनले जानकारी दिए । गत वर्ष पोखराको एबिसी भेट्रान्स क्लबले उपाधि जितेको थियो ।

यसपटक प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.