2 years ago
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत पाँचौ इभेन्ट सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता सोमबरदेखि सुरु हुने भएको छ ।
नेपाल प्रोफेसनल गल्फ एसोसिएनको आयोजनामा हुने प्रतियोगिता ४ देखि ७ मार्च सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ३८ गल्फरको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा ३० व्यवसायिक र ८ एमेच्योर रहनेछन् ।
साविक विजेता एमेच्योर सद्भाव आचार्यसहित भुवन नगरकोटी, जयराम श्रेष्ठ, रवि खड्का र दिनेश अधिकारीलाई उपाधिको मुख्य दावेदारको रुपमा हेरिएको छ ।
सुभाष तामाङ र शुक्र बहादुर राई भारतमा व्यवसायिक गल्फ खेलिरहेका कारण यो प्रतियोगितामा उपलब्ध हुने छैनन् ।
७२ होलमा खेलाइने खेलको विजेताले १ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ६७ हजार र तेस्रो हुनेले ४८ हजार रुपैयाँ पाउनेछन् । शीर्ष २१ ले पनि नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिताको कुल राशी ५ लाख ७२ हजार २ सय ५० रुपैयाँ छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]