default_image

1 year ago

March 15, 2024

महिला फुटबल टोलीको फिफा वरियतामा सुधार

3975 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा ५ स्थानले सुधार भएको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाल सयौं स्थानमा उक्लेको छ ।
यसै महिना साउदी अरेबिया भएको वाफ च्याम्पियनसिपमा नेपालले फाइनल खेलेको थियो ।

जोर्डनसँगको फागुन १६ गते भएको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समयमा फाइनल २–२ बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।

दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा रहेको छ । भारत एक स्थान तल झर्दै ६६औं स्थानमा छ । यस्तै बंगलादेश १४०, श्रीलंका १५७, पाकिस्तान १५८ माल्दिभ्स १६१, भुटान १७३औं स्थानमा छन् ।

विश्वकप विजेता स्पेन शीर्षस्थानमा कायमै छ । यस्तै इङ्ल्यान्ड दोस्रो, फ्रान्स तेस्रो, अमेरिका चौथो र जर्मनी पाँचौ स्थानमा रहेका छन् ।

June 21, 2025

रामेको टिमलाई प्रो-एम उपाधि

काठमाडौं (हाम्रो खेलकुद )- सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो एमको उपाधि प्रोफेसनल गल्फररामे मगरको टिमले जितेको छ। गोकर्ण गल्फ कोर्समा आज प्रो रामे तथा  टिमले कुल १ सय५९ अंक सहित पहिलो भएको हो। रामेले ४१ तथा एमेच्योरगल्फरहरू विष्णु बहादुर कार्की  र नोर्बु छिरिङ शेर्पाले ४०अंक […]

June 21, 2025

प्रशासन तथा लेखा तालिम सुरु

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रशासन तथा लेखा सम्बन्धी तालिम बुढानीलकण्ठमा शनिवार सुरु भएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यालयको दैनिक कामकाज सहज बनाउन ३ दिनमा फाइलको विषय टुंगो लगाउने, फाइल ट्रयाकिङ सिस्टम र पौडी पोखरीमा इ टिकटको सुरुआत गरेको बताउदै प्रशासनिक कामकाजमा सुधार […]

June 21, 2025

नर्थ स्टारको वार्षिकोत्सवमा खेलाडीलाई अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नर्थ स्टार फुटबल एकेडेमीले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा भएको अवसरमा एक कार्यक्रम आयोजना गर्दै प्रशिक्षार्थी खेलाडीलाई अवार्ड वितरण गरेको छ । एकेडेमीको वार्षिकोत्सव कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन, विकेश कुथु र अनन्त तामाङ उपस्थित रहेका थिए । विराटनगर सिटी एफसीका […]

Success

Thank you for your time.