default_image

1 year ago

April 19, 2024

कर्णालीको पहिलो जित

481 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। आज कर्णालीले सुदूर पश्चिम प्रदेशलाई ६ विकेटले माथ दियो। कर्णालीको जितमा अर्जुन घर्तीले सर्वाधिक ३७ रन बनाए।

जितको लागि १ सय ४४ रनको विजय लक्ष्य पछाएको कर्णाली प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। सुरूवात कर्णालीले राम्रो गन सकेको थिएन। रविन्द्र शाही शुन्य र विपिन रावल ६ रनमा आउट हुँदा कर्णालीले मात्र १० रन बनाएको थियो।

यसपछि अर्जुन घर्तीले ३७, दिनेश अधिकारीले अविजित ३१, विपिन शाहीले २७, हिमांशु शाहीले २१ र प्रकाश जैशीले अविजित १० रन बटुल्दा कर्णालीले ८ बल अगाडी नै ६ विकेटको सहज जित दर्ज गर्यो। बलिङमा हेमन्त धामी र नारायण जोशीले २/२ तथा भोजराज भट्ट र नरेन साउदले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरको खेलमा ५ विकेटको नोक्सानीमा १ सय ४३ रन बनायो। मात्र ९ रन जोड्दा सुदुरले शुन्य रनमा राजु रिजाललाई गुमायो।

तर दोस्रो विकेटको लागि अभिषेक पाल र नरेन भट्टले ८६ रनको राम्रो साझेदारी गरे। यो क्रममा अभिषेकले अर्धशतकीय पारी खेले। ४५ बल खेल्दै ६ चौका र १ छक्का सहित ५१ रन जोडन सफल रहे।

नरेन भने अर्धशतकबाट मात्र ३ रनले चुके। उनी ४२ बलको सामना गर्दै ५ चौका र १ छक्का सहित ४७ रनमा आउट भए। यसपछि किरण ठगुन्नाले २२ रन बनाए।

बलिङमा दिनेश अधिकारीले ४ ओणर बलिङ गर्दै २४ रन खर्चेर २ विकेट झारे। प्रकाश जैसी उनीस ठकुरी र दीपेन्द्र रावतले १/१ विकेट लिए।

दुई खेल खेलेको कर्णालीको यो पहिलो जित हो र २ अंक बनाएको छ। यसअघि कणाली पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले पराजित भएको थियो। सुदूरको भने यो पहिलो खेल हो र हारबाट प्रतियोगिताको सुरूवात गरेको छ।

प्रतियोगिता अन्तर्गत भोलि गण्डकी र सुदूर पश्चिम तथा कोशी र लुम्बिनीबीच खेल हुनेछ।

June 14, 2025

एपिएफकी निरुता सर्वोत्कृष्ट खेलाडी

पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबकी निरुता ठगुन्ना प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेकी निरुताले उपाधिसहित ३० हजार रुपैयाँ प्राप्त गरिन् । विधागत पुरस्कारतर्फ ‌नेपाल पुलिस क्लबकी उषा भण्डारी उत्कृष्ट स्पाईकर, टिप टप न्यु डायमण्ड स्पोर्टस की सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमण्डकी […]

June 14, 2025

सोनुको अद्भुत अलराउन्ड प्रदर्शनमा मेलम्ची समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]

June 14, 2025

चितवनमा पहिलो पटक खुल्यो आर्चरी सेन्टर

सुशील पन्त क्षेत्री, भरतपुर चितवनमा नै पहिलो पटक आर्चरी सेन्टर सञ्चालनमा आएको छ । भरतपुर ११ विशालचोकमा आज चितवन आर्चरी सञ्चालनमा आएको हो । आर्चरी सेन्टरको चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे । कार्कीले ७० हजार वर्ष पुरानो इतिहास बोकेको आर्चरी चितवनमा भित्रिनु सुखद भएको उल्लेख आर्चरी मानव विकासको इतिहाससँग जोडिएको […]

Success

Thank you for your time.