default_image

3 months ago

April 25, 2024

अधिकारिक जर्सी नक्कल नगर्न केल्मीको सूचना

1209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न सूचना जारी गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान), नेपाल भलिबल संघ (एनभिए) लगायत विभिन्न खेलकुद संघसँग केल्मीले प्रायोजन सम्झौता गर्दै किट निर्माण गर्दै आएको छ । अर्को महिना सुरु हुने टि२० विश्वकपका लागि पनि केल्मीले राष्ट्रिय क्रिकेट टोलीको जर्सी निर्माण गरेको छ ।

यस विषयमा केल्मीले पछिल्लो समय अधिकारिक केल्मी स्टोरबाहेक नक्कली समान उताप्दन गरि विक्री वितरण गरेको जानकारी आएकाले यस्तो कार्यमा संग्लन जुनसुकै संघ, संस्था वा व्यक्तिलाई कानुन बमोजिम कारवाही गर्ने जनाएको छ । यसअघि पनि आफ्नो केल्मीको लोगो अनाधिकृत प्रयोग गरेर नक्कली जर्सी बेच्ने वितरकलाई प्रहरीले पक्राउ गरेको थियो ।

केल्मीले पछिल्लो समय विश्वकप जर्सीका लागि नेपालभर डेलिभरीको सेवा उपलब्ध गराउँदै प्रि-अर्डर सुरु गरिसकेको छ । यसबाहेक केल्मीले नेपालभर रहेका शो-रुममार्फत पनि जर्सी लगायत अन्य सामग्री विक्री गर्दै आएको छ ।

केल्मीले विश्वकपको जर्सी प्रि-अर्डर गर्न आफ्नो अनलाइनमार्फत सुविधा दिएको छ । अर्डर गर्न यहाँ थिच्नुहोस ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.