1 year ago
April 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच बिहीबार भेटवार्ता भएको छ।
खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाली ट्रायथलनको विकासका लागि छलफल भएको बताइएको छ। कसोडोकोका साथमा नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ पनि थिए ।
यस्तै नेपालमा ट्रायथलनको विकासको लागि हुन सक्ने सहयोग, संभावना, अन्तर्राष्ट्रिय लगानी, खेल पर्यटनको सम्भावनाको विषयमा पनि छलफल भएको छ।
१६ वर्षदेखि विश्व ट्रायथलनकी अध्यक्ष कसाडोको यो तेस्रो नेपाल भ्रमण हो। पछिल्लो पटक १० वर्ष अघी उनी नेपाल आएकी थिइन्।
उनी शनिबार पोखरामा हुने एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसपमा सहभागि हुने बताइएको छ।
च्याम्पियनसिपमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि शुक्रबार नेपाल आइपुग्ने बताइएको छ ।
May 18, 2025
एजेन्सी – रिकी पोन्टिङले अवरुद्ध सिजनको चुनौतीको सामना कसरी गर्नुपर्दछ भन्ने राम्ररी बुझेका छन् । सन् २०२१ मा जब उनी दिल्ली क्यापिटल्समा थिए । उनले टोलीलाई तालिकाको शीर्षमा पुर्याएका थिए। त्यसपछि कोभिडका कारण सिजनबीचमा खेल स्थगित भएको थियो । आइपिएल फेरि सुरु हुँदा दिल्लीले आफ्नो लय कायम राख्दै शीर्ष दुईमा स्थान बनाएको थियो। तर प्लेअफमा […]
May 18, 2025
एजेन्सी – च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पिएसजी ) ले जितेका साथ लिग वान सिजनको अन्त्य गरेको छ।पिएसजीले शनिवार ओसेरमाथि ३-१ को पुनरागमन जित निकालेको हो। अप्रिल ५ मा आङ्जेरलाई हराएर ६ खेल बाँकी छँदै पिएसजीले लगातार चौथो लिग १ उपाधि जितेका थियो।३० औं मिनेटमा लासिन सिनेयोकोले गोल गर्दै ओसेरलाई अप्रत्याशित अग्रता दिलाए। पिएसजीले दोस्रो हाफको ८ […]
May 18, 2025
एजेन्सी – बुन्डेसलिगा च्याम्पियन बनेको बायर्न म्युनिखले होफेनहाइमलाई ४-० ले हराउँदै सिजनको अन्त्य गरेको छ। थोमस मुलरले बायर्नबाट अन्तिम खेल खेले। बायर्नमा १३ वटा बुन्डेसलिगा उपाधि र दुईवटा च्याम्पियन्स लिग जितिसकेका ३५ वर्षीय मुलर यही सिजनको समाप्तिमा सम्झौता सकिएपछि क्लबबाट विदा हुनेछन् । उनले आफ्नो खेल जीवनको महत्वपूर्ण समय बायर्नमा बिताए । मुलरले ५ सय […]