default_image

1 year ago

August 1, 2024

राष्ट्रिय टोलीबाट सुमित्रा र आरतीको‌ डेब्यू

1530 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट डेब्यू गरेका छन् ।

बिहीवार सुरु भएको काभा नेसन्स लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध खेल्दै सुमित्रा र आरतीले डेब्यू गरेका हुन् । सुमित्राले पहिलाे सेटमा पहिलाे राेजाईमै तथा आरतीले तेस्राे सेटमा निरुता ठगुन्नाको स्थानमा कोर्टमा प्रवेश गरेकी हुन् ।

यसअघि रसियासँगको भएको पहिलो मैत्रीपूर्ण खेलका क्रममा सुमित्रा र आरतीले खेलेका थिए । यद्दपी त्यो अन्तर्राष्ट्रिय प्रतियोगिता थिएन ।

सुमित्राले दुई वर्षअघि मात्र न्यु डायमन्डबाट आधारभूत भलिबल प्रशिक्षण लिएर करिअर सुरु गरेकी थिइन् । छोटो अवधिमै घरेलु भलिबलमा प्रभाव छोड्न सफल उनी यसपटक टोलीमा सुरुवात गर्ने दाबेदारी प्रस्तुत गरेकी छिन् ।

आरतीका लागि भने ५ वर्षपछि राष्ट्रिय टोलीको ढोका खुलेको हो । सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) कै समयमा बन्द प्रशिक्षणमा परेकी उनी अन्तिम टोलीमा समावेश भएकी थिइनन् ।

त्यसयता केही समय मोफसलकै क्लबमा बिताएकी उनले ३ वर्ष एपिएफबाट खेलिन् । गत वर्ष आर्मीमा भर्ती भएकी उनले त्यहाँ पुगेयता भने खेलमा सुधार गर्दै राष्ट्रिय टोलीको यात्रा तय गरेकी हुन् ।

नेपालसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिता साउन २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ । नेपालसहित प्रतियोगितामा भारत, इरान, श्रीलंका र माल्दिभ्स रहेका छन्।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.