11 months ago
January 24, 2025
पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने प्रतियोगिताको ट्रफी गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । ट्रफी अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।
प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राइसिट निकाल्न ढिलाई भएको उनले बताए ।
प्रतियोगिताको पहिलो खेल शनिबार बिहान १० बजे सुरु हुनेछ । खेल हेर्ने दर्शकका लागि टिकट खुला गरिएको आयोजकले जनाएको छ । खेल हेर्नका लागि इसेवामार्फत अनलाइन टिकट काट्न सकिनेछ ।
दुई खेलपछि उद्घाटन कार्यक्रम हुने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । पहिलो दिनको तेस्रो खेलमा आयोजकको महिला टोलीले खेल्नेछ ।
अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीमा थाइल्याइलका ३ खेलाडी अनुबन्ध भएका छन् ।
प्रतियोगितामा २ विदेशी टोलीसहित महिला र पुरुषमा समान ६ टोलीको सहभागिता छ ।
विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् ।
प्रतियोगिताका दुवैतर्फको विजेता टोलीले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । दोस्रो टोलीले समान २ लाख ८५ हजार ५ सय ५५ र तेस्रो टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]