default_image

10 months ago

January 25, 2025

टाइगर कप भलिबल – एपिएफको पुनरागमन जित

2903 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पोखरामा आज सुरु पाँचौं टाइगर कप भलिबलमा विभागीय टोली एपिएफ क्लबले पुनरागमन जित हासिल गरेको छ ।

महिला तर्फको पहिलो खेलमा शनिवार एपिएफले थाइल्याण्डको ट्राभल इनक्वारी क्लबलाई ३-२ ले पराजित गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको एपिएफले त्यसपछिका तीन सेटमा लगातार जित हात पारेको हो ।

पहिलो सेट २१-२५ तथा दोस्रो २०-२५ ले गुमाएको थियो । त्यसपछि भने एपिएफले २५-१९, २५-२० र १५-७ ले जित्दै एपिएफले खेल जित्यो ।

प्रतियोगितामा २ विदेशी टोलीसहित महिला र पुरुषमा समान ६ टोलीको सहभागिता छ ।

विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।

प्रतियोगिताका दुवैतर्फको‌ विजेता टोलीले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । दोस्रो टोलीले समान २ लाख ८५ हजार ५ सय ५५ र तेस्रो टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.