default_image

10 months ago

January 27, 2025

टाइगर कप भलिबल – पुलिससँग थाइल्याण्ड टोलीको हार

636 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ थाइल्याण्डको क्लबलाई पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवारको दोस्रो खेलमा पुलिसले थाइल्याण्डको ट्राभल इन्क्वारी युनाईटेडलाई ३-१ को सेटमा पराजित गरेको छ ।

पुलिसले पहिलाे सेट २३-२५ ले गुमाएको थियो । त्यसपछि भने ३ सेटमा लगातार जित हात पारेको थियो । दोस्रो सेट २५-१४, तेस्रो सेट २५-१८ र चौथो सेट २५-१७ ले जित्दै पुलिसले खेल जितेको हो ।

पुलिसको प्रतियोगितामा पहिलो जित हो । थाइल्याण्डको क्लबको भने लगातार दोस्रो हार हो । आजै भएको पहिलो खेलमा एपिएफले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको थियो । एपिएफले न्यु डायमण्डलाई ३-० को साझो सेटमा पराजित गरेको थियो । आजबाट प्रतियोगितामा लिग चरणका खेलहरु सुरु भएको छ ।

सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्ने टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।

आजको तेस्रो खेल पुरुषतर्फ जित्ने समूहका भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । आइतवारको अन्तिम तथा चौथो खेल पुरुषतर्फ हार्ने समूह’का गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोटर्स क्लबबिच हुनेछ ।

लिगपछि जित्ने समूहबाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र हार्ने समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।

पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । हार्ने समूहबाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.