10 months ago
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको पुरुषतर्फ भारतीय क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवारको तेस्रो खेलमा पुलिसले भारतको सुनिल भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ ।
पुलिसले पहिलो २५-१०र दोस्रो सेट २५-१३ ले जितेको थियो । तर, तेस्रो सेटमा भारतीय क्लबले पुनरागमनको गर्यो । तेस्रो सेट भारतीय क्लबले २५-२२ ले जितेकोमा चौथो सेट पुलिसले २५-२२ ले जित्दै खेल जित्यो ।
पुलिसको यो लगातार दोस्रो जित हो । भारतीय क्लबको भने यो पहिलो हार हो । आजै भएको पहिलो खेलमा एपिएफले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको थियो । एपिएफले न्यु डायमण्डलाई ३-० को साझो सेटमा पराजित गरेको थियो ।
दोस्रो खेलमा भने पुलिसको महिला टोलीले थाइल्याण्डको क्लबमाथि ३-१ को सेटमा जित हात पारेको थियो । आजबाट प्रतियोगितामा लिग चरणका खेलहरु सुरु भएको छ ।
सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्ने टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।
आजको अन्तिम तथा चौथो खेल पुरुषतर्फ हार्ने समूहका गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोटर्स क्लबबिच हुनेछ ।
लिगपछि जित्ने समूहबाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र हार्ने समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।
पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । हार्ने समूहबाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]