10 months ago
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एनसेल पाँचौ टाइगर कप भलिबलको पुरुषतर्फ टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशबीचको खेल स्थगित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमवारको चौथो तथा अन्तिम खेल खराब प्रकाशका कारणबिचमै रोकिएको हो । रोकिएको खेल मंगलवार सुरुबाटै हुनेछ ।
हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै गण्डकीले २७–२५ को जित निकालेको थियो । त्यसपछि खेल स्थगित भएको हो ।

आजै भएको पहिलो खेलमा एपिएफले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको थियो । महिला तर्फको खेलमा एपिएफले न्यु डायमण्डलाई ३-० को साझो सेटमा पराजित गरेको थियो ।
दोस्रो खेलमा भने पुलिसको महिला टोलीले थाइल्याण्डको क्लबमाथि ३-१ को सेटमा जित हात पारेको थियो ।
आजैको तेस्रो पुलिसको पुरुष टोलीले भारतीय क्लबलाई पराजित गरेको थियो । आजबाट प्रतियोगितामा लिग चरणका खेलहरु सुरु भएको हो ।
सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्ने टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।
आजको अन्तिम तथा चौथो खेल पुरुषतर्फ हार्ने समूहका गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोटर्स क्लबबिच हुनेछ ।

लिगपछि जित्ने समूहबाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र हार्ने समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।
पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । हार्ने समूहबाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]