default_image

10 months ago

January 28, 2025

टाइगर कप भलिबल- गण्डकीसँग एपिएफको‌ हार

1342 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको छ

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३- १ सेटको जित दर्ता गराएको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै जित हासिल गर्न सफल रह्यो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पर्यो ।

अब गण्डकी र एपिएफले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछन् । त्यसपछि शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

यसअघि महिलातर्फ भएको खेलमा आयोजक टोली र नेपाल पुलिस क्लब विजयी भएका थिए । आयोजक टोलीले टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।
महिलातर्फ आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्नेछन् ।

पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.