10 months ago
January 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एनसेल पाँचौ टाइगर कप भलिबलको महिला तर्फको खेलमा ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधवारको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीमाथि ट्राभल इन्क्वारीले बाजी मारेको हो । हार्ने टोलीको समूहमा आफ्नो सबै लिग खेल हारेर आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
१ जितका साथ ट्राभल इन्क्वारी पनि प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट लिगका दुवै खेल जितेर विभागिय टोली नेपाल पुलिस क्लब एलिमिनेटरमा प्रवेश गरेको हो ।

ट्राभल इन्क्वारीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेटमा जित हात पारेको ट्राभल इन्क्वारीले तेस्रो सेटमा हार बेहोरेको थियो । चौथो सेटमा जित निकाल्दै ट्राभल इन्क्वारीले सान्त्वना जित हात पारेको हो ।
पहिलो र दोस्रो सेट २५-१८ ले जितेको ट्राभल इन्क्वारीले तेस्रो सेट २४-२६ ले हारेको थियो । चौथो सेटमा २५-१९ को जित निकाल्दै टोलीले खेलमा जित हात पार्यो ।
आजै हुने दोस्रो खेलमा पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउने छ । उक्त समूहबाट तेस्रो रहदै न्यु डायमण्ड एलिमिनेटरमा प्रवेश गरिसकेको छ ।
बुधवारै हुने तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । उक्त खेल पौने १ बजे सुरु हुनेछ ।
चौथो तथा आजको अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।
सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्ने टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।
लिगपछि जित्ने समूहबाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र हार्ने समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।
पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । हार्ने समूहबाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]