10 months ago
January 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल स्थगित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेल खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो । पहिलो सेट पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको भारतीय क्लबले तेस्रो सेट १८–२५ ले गुमाएको थियो ।
त्यसपछि खराब प्रकाशका कारण खेल स्थगित भएको थियो । अब आर्मी र सुनिल भलिबल क्लबबिचको खेल बिहीबार हुनेछ । यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबिचको खेल पनि बिहीवार नै हुने तालिका छ । दुवै खेल पहिलो सेटबाट नै सुरु हुनेछ ।
आजै भएको महिला तर्फको पहिलो खेलमा ट्राभल इन्क्वारी युनाइटेड क्लबले त्रिभुवन आर्मीलाई ३–० पराजित गरेको थियो । महिलातर्फको दोस्रो खेलमा नेपाल एपिएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सेटमा पराजित थियो ।
आजै भएको पुरुषतर्फ पहिलो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]