default_image

10 months ago

January 31, 2025

अपराजित रहँदै एपिएफ टाइगर कपको फाइनलमा

2722 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लब अपराजित रहँदै टाइगर कप भलिबलको महिला तर्फको फाइनलमा पुगेको छ ।

पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा आयोजक टाइगर ग्रुपको टिमलाई पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो । एपिएफले आयोजक टोलीलाई ३-१ को सेटमा पराजित गर्यो ।

पहिलो सेट २५-२० ले जितेको एपिएफले दोस्रो सेट २१-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-१९ र चौथो सेट २६-२४ ले जित्दै एपिएफले फाइनल पुगेको हो। एपिएफले उपाधि रक्षाका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

दोस्रो क्वालिफायरमा टाइगर ग्रुप र एलिमिनेटर विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबबीच खेल हुनेछ ।

आजै हुने दोस्रो खेल पुरुषतर्फको पहिलो क्वालिफायरको खेल हुनेछ । पहिलो क्वालिफायर खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ । जित्ने टोलीको समूहमा आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए ।

आजै हुने तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले पुुलिस र आर्मीबिचको पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.