10 months ago
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब टाइगर कप भलिबलको पुरुष तर्फको फाइनलमा पुगेको छ ।
पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रवार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । पुलिसले आर्मीलाई ३-२ को सेटमा पराजित गर्यो ।
पहिलो सेट २५-१४ ले जितेको पुलिसले दोस्रो सेट २२-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२२ ले जितेको पुलिसले चौथो सेट २३-२५ ले गुमाएसँगै खेल पाँचौ सेटमा पुगेको थियो । पाँचौ सेट पुलिसले १५-१२ ले जित्दै फाइनलमा स्थान पक्का गर्यो ।
पराजित आर्मीले फाइनल प्रवेशको अर्को मौका पाउने छ । आर्मीले आजै हुने गण्डकी प्रदेश र भारतीय क्लबबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । पुलिसले भने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।
आजै भएको पहिलो खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो । पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
आजको तेस्रो तथा अन्तिम खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । त्यो खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि आर्मीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]