default_image

10 months ago

January 31, 2025

भारतीय क्लबलाई हराउँदै गण्डकी दोस्रो क्वालिफायरमा

2605 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेश भारतको सुनिल भलिबल क्लबलाई हराउँदै टाइगर कप भलिबलमा पुरुष तर्फको दोस्रो क्वालिफायरमा पुगेको छ ।

पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रवार भएको खेलमा भारतीय क्लबलाई पराजित गर्दै गण्डकी दोस्रो क्वालिफायरमा पुगेको हो । गण्डकी प्रदेशले भारतीय क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।

पहिलो सेट ३१-३३ ले गुमाएको गण्डकीले त्यसपछि ३ सेटमा पुनरागमन गर्दै खेल जितेको हो । दोस्रो सेट २५-१७, तेस्रो सेट २५-१६ र चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पारेर गण्डकीले खेल जितेको हो ।

दोस्रो क्वालिफायरमा गण्डकीले आर्मी क्लबसँग खेल्नेछ । आर्मी क्लब पहिलो क्वालिफायरमा पुलिससँग पराजित भएकाे थियाे ।

दोस्रो क्वालिफायरको विजेताले फाइनलमा विभागीय टोली पुलिससँग खेल्नेछ । आजै भएको पहिलो क्वालिफायरमा आर्मीलाई ३-२ ले पराजित गर्दै पुलिस फाइनलमा पुगेको थियो ।

दिनको पहिलो खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो । पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.