default_image

9 months ago

March 10, 2025

नेपाली खेलाडीले एसियन जोनल चेस च्याम्पियनसिप खेल्ने

827 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  श्रीलंकामा हुने एसियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । 

वोर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा फागुन २७ देखि चैत ५ गते (मार्च १@ देखि १८) सम्म हुनेछ ।

च्याम्पियन्सिपमा‌आयोजक श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडी बिच प्रतिस्पर्धा हुनेछ।

२५ औं नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र १० औं महिला नेपाल च्याम्पियन सिन्दिरा जोशीलाई नेपाल बुद्धिचाल महासंघले सहभागिता गराएको हो।

नेपाल पुरुषोत्तम सिलवालले दर्ता बाहेकको खर्च आफै‌ गर्ने महासंघले जनाएको छ। च्याम्पियन्सिपमा पुरुषमा ३६ र महिलामा २१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

नौं चरण स्टाण्डर्ड क्लासिकल खेलको पहिलो ४० चालका लागि ९० मिनेटको समय निर्धारण गरेको छ। ३० मिनेट‌ ३० सेकेण्ड इन्क्रिजमेण्ट थप हुने महासंघका प्रवक्ता राजु ताम्राकारले जानकारी गराए । 

 वोर्ल्ड चेस फिडेको अफिसियल बुद्धिचाल प्रतियोगितामा शीर्ष ६ पुरुष र महिला खेलाडीले ६ हजार १ सय ५० अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।

पुरुष तर्फ विजेताले १ हजार ५ सय, दोस्रोले १ हजार र तेस्रोले ५ सय डलर प्राप्त गर्नेछन् । महिला तर्फको विजेताले १ हजार, दोस्रोले ६ सय र तेस्रोले ४ सय डलर पुरस्कार पाउने छन्। 

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ्गले नेपाली टोलीको बिदाइ गरे।

बिदाइमा महासंघका अध्यक्ष हेराकाजी महर्जन, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरम बहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, सदस्य प्रतिमा महत, शुशिला गुरुङ, फिडे आर्विटर सोराज ताम्राकार लगायतको उपस्थिति थियो।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.