default_image

9 years ago

February 26, 2017

आर्मी र एपीएफ प्रधानमन्त्री कपको सेमिफाइनलमा

151 views

0 Bookmark

नेपालगंज (हाम्रो खेलकुद) – साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपिएफ चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

pm-cup-colleyball-nepalgunj

प्रतियोगिताको दोस्रो दिन भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई सोझो सेटमा २५–८, २५–३, २५– ७ ले हरायो ।  यसैगरी आइतबार भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतीय टोली बर्षात एशोसियसनलाई सोझो सेटमा २५–१७, २५–१९, २५– १७ ले हरायो । बर्षातले लगातार दुइ खेलमा हारको सामना गरेपछि एक–एक खेल जितेका आर्मी र एपीएफ समूूह बीबाट सेमिफाइनलमा प्रबेश गरेका छन् । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको आर्मीले समूह बिजेता बन्न एपीएफसग लिगको अन्तिम खेल खेल्ने छ ।

लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिनेछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.