default_image

9 months ago

March 27, 2025

प्रदेशस्तरीय ११ औं बुटवलश्री शारीरिक सुगठन हुँदै

284 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

बुटवलमा ११ औं अन्तर प्रदेशस्तरीय बुटवलश्री शारीरिक सुगठन प्रतियोगिता शनिवार हुने भएको छ ।

लुम्बिनी शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको बिहीबार बुटवलमा पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।

संघका अध्यक्ष सितु श्रेष्ठले शारीरिक सुगठनका खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ आयोजना गरिने प्रतियोगितामा ५ वटा प्रदेशका खेलाडीहले भाग लिने बताएका छन् ।

जिल्लास्तरबाट सुरु गरिएको बुटवलश्री ११ औं संस्करणबाट प्रदेशस्तरीय बनाइएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताएका छन् ।

प्रतियोगितामा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम , कर्णाली तथा मधेश प्रदेशका जिम, क्लब, संघ संस्थाका १ सय ५० भन्दा बढि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष शारीरिक सुगठन ५५, ६०, ६५, ७० र ७० केजी भन्दा बढि तौल समुह गरि ५ तौल समुह र महिला तर्फ खुल्ला फिजिक्स विधा समावेश गरिएको छ ।

प्रत्येक तौल समूहमा विजेता ५ खेलाडीले ओभरअल प्रतिस्पर्धामा गर्नेछन् । त्यसबाट ११ औं बुटवलश्रीको ओभरअल विजेता टुंगो लाग्नेछ ।

ओभरअल विजेताले बुटवलश्री ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । हरेक तौल समूहको विजेताले १० , दोस्रोले ८ र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

महिलातर्फको विजेताले ट्रफीसहित २० , दोस्रोले १० र तस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अहिले सम्म रुपन्देही बुटवलश्रीका विजेता

वर्ष/विजेता
२०६५ – विकास चौधरी
२०६८ – शेर बहादुर खाम्चा
२०७० – विनोद बज्राचार्य
२०७२ – विजेन्द्रमान श्रेष्ठ
२०७३ – तारा थापा
२०७४ – तारा थापा
२०७५ – चन्द्रमान श्रेष्ठ
२०७५ – विनोद सुनार
२०७६ – कृष्ण कुमार श्रेष्ठ
२०७९ – कृष्ण कुमार श्रेष्ठ

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.