9 years ago
February 27, 2017
नेपालगन्ज (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप चौथो इन्डो–नेपाल महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । पुलिसले आयोजक मध्य पश्चिमाञ्चललाई र एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई समान ३–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।

एपिएफले आर्मीलाई २५–५, २५–८ र २५–९ ले हरायो । समूह चरणको पहिलो खेलमा साविक विजेता भारतीय रेलवेसंग सोझो सेटमा पराजित भएको पुलिसले मध्यमश्चिमाञ्चललाई २५–११, २५–८ र २५–१८ ले पराजित गरेको थियो । एपीएफ समूह ‘ख’ को समूह विजेता बन्यो भने आर्मी समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।
भारतको रेलवे समूह ‘क’ मा सबै खेल जित्दै विजेताको रुपमा सेमिफायनल पुग्दा पुलिस उपविजेता बन्दै अघि बढेको छ । भारतको अर्को टोली बर्षात एसोसिएसन र आयोजक मध्यपश्चिमाञ्चल दुवै खेलमा पराजित हुँदै प्रतियोगितबाट बहिरिएका छन् । अब सेमिफाइनलमा रेलवेले आर्मी र एपिएफले पुलिसको सामना गर्नेछ ।
भोलिको सेमिफाइनमा खेलहरु: रेल्वे बिरुद्द आर्मी (पहिलो खेल), एपीएफ बिरुद्द नेपाल पुलिस (दोस्रो खेल)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]