6 months ago
May 5, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेको आइतवार खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ३-२ ले हराएको छ।
यो जितपछि ला लिगा शीर्ष टोली बार्सिलोनाले दूरी ४ अंकमा झारेको छ। रियलको ७५ अंक पुगेको छ। अब आइतवार ‘एल क्लासिको’ खेल हुनेछ।
कार्लो एन्सेलोटीको टोलीले ३३औं मिनेटमा अग्रता लिएको थियो । जब सर्ट कर्नरपछि बल अरडा गुलरलाई दिइयो र उनको कर्लिङ प्रहार डिफ्लेक्सन हुँदै पोस्टको कुनामा छिर्यो।
त्यसको ६ मिनेटपछि, म्याड्रिडको काउन्टर अट्याकको अन्त्यमा एमबाप्पेले गोलरक्षक भिसेन्टे गुआइतालाई छलाउँदै जोरदार फिनिसमार्फत अग्रता दोब्बर बनाए।
फ्रान्सेली स्ट्राइकर एमबाप्पेले दोस्रो हाफ सुरु भएको तीन मिनेटमै गुलरको उत्कृष्ट थ्रु बलमा दौडिएर बाँया खुट्टाबाट पोष्टको कुनामा गोल गर्दै आफ्नो दोहोरो गोल पूरा गरे।
तर पाहुना टोली सेल्टा भिगोले हार मानेन। खेल सकिन २० मिनेट बाँकी रहँदा जाभी रोड्रिग्वेजले कर्नर क्लियर गर्न नसकेको अवस्थामा नजिकैबाट गोल फर्काए।
७६औं मिनेटमा विलियट स्वेडबर्गले गोल गर्दै खेल ३-२ मा पुर्याए।
दुई मिनेटपछि पाब्लो डुरानले एस्पासको अर्को सानदार कौशलपछि क्लियर मौका पाए, तर उनको प्रहार थिबाउ कोर्ट्वाको शरीर मुनि छिरेर गोल हुन लागेको अवस्थामा उनले नियन्त्रणमा लिएका थिए।
खेलको अन्त्यतिर दुवै टिमले अवसरहरू सिर्जना गरे, तर रियलले आफ्नो अग्रता जोगाउँदै महत्वपूर्ण ३ अंक बटुल्यो।
यो जितसँगै साविक विजेता रियलले अब बार्सिलोनाविरुद्ध आइतबार हुने ‘एल क्लासिको’मा पाँचौं लगातार जितको खोजीमा हुनेछ । त्यो खेल रियलले जितेमा बार्सासँग केवल एक अंकले फरक हुनेछ। सेल्टा भिगो सातौं स्थानमै यथावत् छ ।
अन्य खेलमा रियल बिट्सले इस्पानियोललाई २-१ ले हरायो । सेभिल्ला र लेगानेसले २-२ तथा रियल सोसिडाड र एथ्लेटिक क्लबले गोलरहित बराबर खेलेका छन्।
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल श्रीलंकामा भएको काभा महिला यु १९ भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ। कोलम्बोमा आज भएको फाइनलमा कीर्गिस्तानसँग ३-२ ले पराजित हुँदै नेपाल दोस्रो स्थानमा सिमित भएको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो र चौथो सेट जितेको नेपाल पाँचौं तथा निर्णायक सेटमा ४ अंकले पछाडि पर्यो । कीर्गिस्तान २२-२५,२५-२०,२५-२१,१३-२५ र १५-११ ले विजयी भएको थियो। […]
November 9, 2025
रविन्द्र वाईबा ,हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि एक्सट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन सम्झौता गरेको छ । गोर्खाजले एक्सट्रिम इनर्जिसँग ड्रिङ्क पार्टनरको रुपमा सम्झौता गरेको हो । एनपिएलमा काठमान्डु गोर्खाजले जर्सीको पछाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिङ्कको लोगो लगाएर खेल्ने छ । काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्क बीच यसका लागि सम्झौता […]