default_image

7 months ago

May 5, 2025

इरानी टोलीलाई उपाधि, पुलिस पराजित

966 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- इरानको भलिबल टोलीले प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

आज पोखरामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै इरानी टोली‌ च्याम्पियन बनेको हो।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनलमा इरानी टोलीले पहिलो सेट २५–१८ ले जित्दै एक शुन्यको अग्रता बनायो।

दोस्रो सेटमा पुलिसल पुनरागमन गर्यो। दोस्रो सेट २४–२६ इरानी टोलीले गुमायो। खेल एक-एकको बराबरीमा पुग्यो।

यो लयलाई पुलिसले निरन्तरता दिन सकेन्।तेस्रो र चौथो सेटमा पकड बनाउँदै इरानी टोलीले २५–१८ र २५–१७ को जित निकाल्दै उपाधि आफ्नो पक्षमा पार्यो।

प्रतियोगिताका उत्कृष्ट खेलाडी इरानी टोलीका आमिर होसेन घोषित भए। उनलाई १४ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिएको छ।

इरानी टोलीकै अफ्सिन फतेह उत्कृष्ट सर्भर, इरफान नरोइजु उत्कृष्ट ब्लकर र दीपक थापा उत्कृष्ट डिफेन्डर चुनिए। यस्तै पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर र आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर बने। इरानी टिमका सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भए।

प्रतियोगिताको विजेता इरानी टोलीले नगद ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता नेपाल पुलिस क्लबले २ लाख ४४ हजार ४ सय ४४ नगद हात पार्यो। प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको थियो।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.