default_image

7 months ago

May 8, 2025

एनएसजेएफको अध्यक्षमा अधिकारी

688 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २० औं साधारण सभाले निरन्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

आज भएको चुनावी साधारण सभामा अध्यक्षको पदमा
अधिकारीले प्रकाश तिमिल्सिनालाई पराजित गरे । महासचिवमा अन्जन खड्का निर्वाचित भए । उनले राजु घिसिङलाई हराए । अनिल मल्ल ठकुरी सचिव बने । उनले गोबिन्द राज नेपाललाई हराए ।

प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षहरूमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भए । यस्तै मुना कार्की कोषाध्यक्ष र नमिता दाहाल महिला सदस्यमा निर्विरोध चयन भए । सदस्यहरूमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित भए । सदस्यमा भुपेश उपाध्याय र विनय ज्योति सापकोटा पराजित भए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.