default_image

7 months ago

May 23, 2025

पुलिसको लगातार दोस्रो जित

465 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ। पुलिसले कोशी प्रदेशलाई सोझो सेटमा हरायो।

पोखराको कभर्ड हलमा आज भएको खेलमा पुलिसले कोशीलाई कुनैपनि मौका दिएन ‌। पुलिस २५-१२, २५-२९ र २५-१५ ले विजयी भयो । हिजो पुलिसले मणि मुकुन्दलाई हराएको थियो‌।

आजै भएको महिलातर्फको खेलमा साविक विजेता पुलिसले जितका सााथ सुरुवात गरेको छ।

पुलिसले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा माथ दियो। एकपक्षीय बनेको खेलमा पुलिसले २५-२९,२५-१८ र २५-१८ ले आफ्नो पक्षमा पार्दै महत्वपुर्ण तीन अंक जोडेको छ।

एभरेष्टले हिजो त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराएको थियो। २ खेलमा उसले एक जित र एक हार बेहोरेको छ।
त्यसअघि आज बिहान भएको खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई सोझो सेटको जितमा लिगमा सानदार सुरुवात गरेको छ।

खेल एकपक्षीय बन्यो। जहाँ न्यु डायमण्डले २५-१३, २५-१० र २५-१० ले पराजित गर्यो। आज पुरूषतर्फ चार खेल हुने तालिका रहेको छ।

नेपाल भलिबल संघको आयोजनामा एक‌ साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले‌ सेमिफाइनल खेल्ने छन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगका  विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हेर्न सकिन्छ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.