3 months ago
August 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरेको सम्मान तथा पुरस्कार प्रति नेपाल तेक्वान्दो संघले आपत्ति प्रकट गर्दै उक्त कार्यक्रममा गरिएको निर्णयको भर्त्सना समेत गरेको छ ।
राखेपले भाद्र १३ गते आयोजना गरेको कार्यक्रममा विभिन्न विधाका खेलाडी, प्रशिक्षक, कर्मचारी, खेल संघ, प्रायोजक तथा पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तेक्वान्दो संघले उक्त कार्यक्रममा परिषदले वर्षभर भए गरेका र प्राप्त उपलब्धिको समिक्षा र मुल्यांकन गर्ने संस्कार रहीआएकोमा राखेपको निर्णय प्रायोजित नभएर यथार्थपरक उपलब्धि र प्रविधिमा आधारित हुने अपेक्षा राखेको जनाएको छ ।
तर यसपटक परिषदले प्रदान गरेको पुरस्कार र सम्मानप्रति भने संगले आपत्ति प्रकट गर्दै खेलाडी र खेल संघमाथि गरेको विभेदपूर्ण व्यवहार र मनपरीतन्त्रको भने घोर भर्त्सना गरेको छ । राखेपको उक्त कार्यक्रममा नेपालका लागि पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी, प्रशिक्षक र खेल संघप्रति गरेको उपेक्षालाई लिएर तेक्वान्दो संघले नैराश्यता व्यक्त गरेको छ ।
संघले राज्यको निकायबाट गरिने मुल्यांकनको आधारबारे प्रश्न गर्दै पुरस्कार व्यक्तिगत वा संस्थागत रहेकोमा समेत संशय व्यक्त गरेको छ । पुरस्कार निर्णयको अधिकार कसको रहेको भन्ने प्रश्नका साथ संघले उक्त पक्षमा गहिरो चासो रहेकाले छानविनको मागसहित दोषी उपर कडा कारवाहीको माग गरेको छ ।
यसअघि पुरस्कार घोषणा भएकै दिन पनि हाम्रो खेलकुदले वार्षिकोत्सवमा वितरण गरिएको पुरस्कारबारे उठेका प्रश्नबारे यहाँ पढ्न सक्नुहुन्छ : राखेपको वार्षिकोत्सव पुरस्कारमा प्रश्न!
तेक्वान्दो संघको विज्ञप्ति:


December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]