default_image

3 months ago

August 31, 2025

राखेपको वार्षिकोत्सव पुरस्कारमा तेक्वान्दो संघको आपत्ति

494 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरेको सम्मान तथा पुरस्कार प्रति नेपाल तेक्वान्दो संघले आपत्ति प्रकट गर्दै उक्त कार्यक्रममा गरिएको निर्णयको भर्त्सना समेत गरेको छ ।

राखेपले भाद्र १३ गते आयोजना गरेको कार्यक्रममा विभिन्न विधाका खेलाडी, प्रशिक्षक, कर्मचारी, खेल संघ, प्रायोजक तथा पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तेक्वान्दो संघले उक्त कार्यक्रममा परिषदले वर्षभर भए गरेका र प्राप्त उपलब्धिको समिक्षा र मुल्यांकन गर्ने संस्कार रहीआएकोमा राखेपको निर्णय प्रायोजित नभएर यथार्थपरक उपलब्धि र प्रविधिमा आधारित हुने अपेक्षा राखेको जनाएको छ ।

तर यसपटक परिषदले प्रदान गरेको पुरस्कार र सम्मानप्रति भने संगले आपत्ति प्रकट गर्दै खेलाडी र खेल संघमाथि गरेको विभेदपूर्ण व्यवहार र मनपरीतन्त्रको भने घोर भर्त्सना गरेको छ । राखेपको उक्त कार्यक्रममा नेपालका लागि पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी, प्रशिक्षक र खेल संघप्रति गरेको उपेक्षालाई लिएर तेक्वान्दो संघले नैराश्यता व्यक्त गरेको छ ।

संघले राज्यको निकायबाट गरिने मुल्यांकनको आधारबारे प्रश्न गर्दै पुरस्कार व्यक्तिगत वा संस्थागत रहेकोमा समेत संशय व्यक्त गरेको छ । पुरस्कार निर्णयको अधिकार कसको रहेको भन्ने प्रश्नका साथ संघले उक्त पक्षमा गहिरो चासो रहेकाले छानविनको मागसहित दोषी उपर कडा कारवाहीको माग गरेको छ ।

यसअघि पुरस्कार घोषणा भएकै दिन पनि हाम्रो खेलकुदले वार्षिकोत्सवमा वितरण गरिएको पुरस्कारबारे उठेका प्रश्नबारे यहाँ पढ्न सक्नुहुन्छ : राखेपको वार्षिकोत्सव पुरस्कारमा प्रश्न!

तेक्वान्दो संघको विज्ञप्ति:

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.