3 months ago
August 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरेको सम्मान तथा पुरस्कार कार्यक्रममा खेलाडीलाई पुरस्कार नै नदिएको संस्थालाई सम्मानित गरेको पाइएको छ ।
२०७६ सालमा राखेपको आयोजना तथा नेपालय इन्टरनेसनल प्रालिको सहकार्यमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ललित नारायण राजवंशीले आजसम्म पनि आफ्नो पुरस्कार नपाएको जानकारी हाम्रो खेलकुदलाई दिए । त्यसबेला प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने घोषणा राखेपले पत्रकार सम्मेलनमार्फत नै गरेको थियो ।
तर ललितले फाइनल सकिएपछि पुरस्कार ग्रहण गर्दा भने घोषणा गरेअनुसार पुरस्कार पाएनन् । उनलाई उत्कृष्ट बलरस्वरुप ३० हजार र सर्वोत्कृष्ट खेलाडी स्वरुप ५० हजार रुपैयाँ प्रदान गरियो । जबकी उत्कृष्ट बलरलाई ५० हजार र सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरिएको थियो । राखेपको तत्कालिन नेतृत्वले भने उनलाई मोटरसाइकल पनि दिलाउने ढाडस दिएको थियो । पटक पटक प्रयास गर्दापनि ललितले पुरस्कार पाउन सकेनन् ।
उक्त प्रतियोगिता सकिएको ६ वर्षसम्म पनि पुरस्कार दिइएको छैन । राखेपले आज आफ्नो वार्षिकोत्सवमा त्यहि नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालिलाई उत्कृष्ट प्रायोजकको सम्मान दिएको छ । प्रायोजक विधामा पुरस्कार छनोट गर्ने समितिका संयोजक रिखिरम पोखरेलले आफ्नो समितिलाई राखेपको खेल तथा प्रतियोगिता विभागबाट आएको सिफारिसका आधारमा नेपालयलाई पुरस्कृत गरिएको जानकारी दिए ।

‘हामीलाई खेल तथा प्रतियोगिता विभागबाट सिफारिस आएको थियो । नेपालयले राखेपले आयोजना गरेको एक प्रतियोगितामा प्रायोजन गरेको थियो । अन्य कुनै विभागबाट कसैको सिफारिस नआएपछि हामीले नाम अघि बढाएका हौं,’ पोखरेलले भने । समितिमा टंकनाथ कट्टेल र डिल्ली काफ्ले सदस्य छन् ।
यता नेपालयका निर्देशक सुभाष प्रधानले राखेपसँग सहकार्य गरेर आयोजित उक्त प्रतियोगितामा सर्वोत्कृष्ट घोषित ललितलाई मोटरसाइकल दिन बाँकी रहेको स्वीकारे । ‘हामीले प्रतियोगितामा मोटरसाइकल दिने घोषणा गरेका थियौं । तर त्यो मोटरसाइकल दिने राखेपको जिम्मेवारी थियो । म आफैं खेलाडी भएकाले पनि पीडा बुझ्छु, मैले ललितसंग पनि यसबारे कुरा गरेको छु । मोटरसाइकल नै नभएपनि मैले आर्थिक रुपमा उसलाई यसका लागि सहयोग गरेको छु,’ प्रधानले भने ।
यता ललितले भने हालसम्म मोटरसाइकलबारे राखेप र नेपालय दुवै पक्षबाट केहि प्राप्त नभएको जानकारी हाम्रो खेलकुदलाई दिए ।

त्यस्तै कार्यक्रममा परिषद करार सेवा अन्तर्गत करातेको राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठलाई पुरस्कृत गरियो । नेपाल सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अन्तर्गत दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई सफलताका आधारमा प्रदान गरिने पुरस्कार तीन वर्ष यता दिएको छैन । तर वार्षिकोत्सवमा राखेपले कराते प्रशिक्षक श्रेष्ठलाई त्यहि सफलतालाई आधार मानेर पुरस्कृत गर्दा भने दोहोरो चरित्र देखिएको छ ।
वार्षिकोत्सवमै उत्कृष्ट खेलाडी पुरस्कार प्राप्त गरेका खो-खो पुरुष तथा महिला टिमको हालत पनि यस्तै छ । विश्वकपमा रजत पदक विजेता दुवै टोलीलाई सरकारले घोषित पुरस्कार प्रदान नगरेको अवस्थामा राखेपको वार्षिकोत्सवमा भने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी स्वयंले खेलाडीहरुलाई सम्मान गरे ।
मन्त्री चौधरीकै दोहोरो चरित्र यतिमा सिमित छैन । सार्वजनिक रुपमा पटक पटक नेपाल क्रिकेट संघ (क्यान) लाई छानविन गर्दै कारवाही गर्ने अभिव्यक्ति दिइरहेका मन्त्रीले आज उत्कृष्ट खेल संघबाट पुरस्कृत गरे।
त्यस्तै सम्मान कार्यक्रम अन्तर्गत नै उत्कृष्ट पत्रकार पुरस्कारमा पनि प्रश्न गर्ने ठाउँ छ । राखेपले नेपाल खेलकुद पत्रकार मन्चका महासचिव अन्जन खड्कालाई उत्कृष्ट पुरुष खेलकुद पत्रकार पुरस्कार प्रदान गरेको थियो ।

पत्रकारलाई पुरस्कार प्रदान गर्ने समितिका संयोजक लोकेन्द्र बस्नेतले छनोटमा पत्रकारको सक्रियता, राखेपको कार्यक्रममा उपस्थिति लगायत विषयलाई प्राथमिकतामा राखिएको बताए ।
तर पुरस्कृत भएका खड्का जुलाई २०२३ मा महिला विश्वकप रिपोर्टिङका लागि अष्ट्रेलिया गएको झन्डै १३ महिनापछि स्वदेश फर्केका थिए । अष्ट्रेलिया जानुअघि द राइजिङ नेपालमा कार्यरत उनी फर्केपछि भने खेलाडी डट कममा कार्यरत छन् ।
खड्कालाई दिइएको सम्मान पत्रमा भनिएको छ, ‘ नेपाली खेलक्षत्रेले गरेका गतिविधिलाई सञ्चार माध्यमबाट आम नागरिकसम्म पुर्याउन गरेको भूमिका सम्मानयोग्य छ । खेलकुदको वृहत्तर हितका लागि रचनात्मक रुपमा पत्रकारिताको माध्यमबाट गरेको योगदानलाई उच्च मुल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको छ।’
बस्नेत संयोजक रहेको उक्त समितिमा राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेत र नेपाल खेलकुद पत्रकार मन्चका वरिष्ठ उपाध्यक्ष प्रज्वल ओली सदस्य छन् ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]