9 years ago
March 11, 2017
कुश्मा (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमी र नेपाल एपिएफ क्लब पर्वतमा जारी प्रथम दिदिवहिनी कप महिला राष्ट्रियस्तरको भलिबल प्रतियोगिता उपाधिका लागि भिड्ने भएका छन् । शनिबार एपिएफले अर्को विभागिय टोली नेपाल आर्मी क्लबलाई ३–० ले र न्यू डाइमन्डले नेपाल पुलिस क्ल्बलाई ३–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।

एपिएफले अर्को विभागिय टोली नेपाल आर्मी क्लबलाई ३–० २५–११,२५–१५ र २५–१८ ले हरायो । अर्को खेलमा न्यू डाइमन्डले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट पुलिसले २७–२५ जितेको थियो । त्यसपछि न्यू डायमन्डले लगातार तेस्रो २५–१५ र चौथो २५–२३ ले आफ्नो पक्षमा पार्दै अन्तिम दुईको यात्रा तय गरेको थियो ।
आर्मी र पुलिसबीचको तेस्रो स्थानको दोस्रो सेट चलिरहँदा बर्षाले खेल स्थगित भएको थियो । । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५ तथा विधागत उत्कृष्ट खेलाडीले समान ३ हजार रुपैयाँ पाउनेछन् ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]