9 years ago
March 12, 2017
कुश्मा (हाम्रो खेलकुद) – न्यू डाइमन्ड एकेडेमले पर्वतमा प्रथम दिदिबहिनी कप महिला राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै न्यू डाइमन्डले बर्षको चौथो उपाधि जितेको छ । चार उपाधि जित्ने क्रममा न्यू डाइमन्डले तीन पटक एपिएफ र एक पटक अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो ।

पहिलो सेट २१–२५ ले गुमाएपछि त्यसपछिका तीन सेट लगातार दास्रो २५–२२,तेस्रो २५–२० र चौथो सेटमा २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको थियो । उपाधिसहित न्यू डाइमन्डले साबित्री कञ्चन जंगा अगरवत्ति उद्योगले प्रायोजन गरेको १ लाख रुपैयाँ प्राप्त गरेको छ ।
नेपाल सामान ढुवानी ब्यवसायी संघले प्रायोजन गरेको ६० हजार रुपैयाँको दोस्रो पुरस्कार एपिएफले प्राप्त गर्यो । न्यु डायमन्डकी कप्तान ललिता नाथले टिम स्पीरिटका कारण सफलता मिलेको बताइन् । एपिएफकी कप्तान विनिता बुढाथोकीले टोलीकी महत्वूर्ण खेलाडी नहुदा हार्नु परेको बताइन् ।
त्यसअघि अघिल्लो दिन बर्षाका कारण स्थगित खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै नेपाल पुलिस क्लबले तेस्रो स्थान प्राप्त गर्यो । पुलिसले आर्मीलाई २५–१७,२६–२४ र २५–१९ ले विजयी भएको थियो । पर्वत क्लब हङकङले प्रायोजन गरेको ३० हजार रुपैयाँ तेस्रो टोली पुलिसले पायषे ।
न्यू डायमन्डकी प्रतिभा माली प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र उनले ५ हजार रुपैयाँ पाइन् । न्यू डायमन्ड ललिता नाथ बेस्ट क्विइकर,एपिएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर,एपीएफकी रेश्मा भण्डारी बेस्ट सर्भर,पुलिसकी कोपीला उप्रेति बेस्ट ब्लकर,पुलिसकी कमला पुन बेस्ट डिफेन्स र आर्मीकी जानकी भण्डारी बेस्ट लिफ्टर घोषित भइन् । उत्कृष्टले समान ३ हजार प्राप्त गरे । न्यू डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए ।
प्रतियोगिताको विजेता खेलाडीलाई रेडियो दिदि वहिनीकी अध्यक्ष एवम् सांसद कल्पना चापागाई,नेपाल तरुणदलका केन्द्रिय सदस्य विद्वान गुरुङ,नेपाल भलिबल संघका उपाध्यक्ष यम बहादुर गुरुङ,पश्चिमाञ्चाल क्षेत्रिय भलिबल संघका कोषाध्यक्ष हरि बहादुर श्रेष्ठ ,साबित्री कञ्चन जंगा अगरवत्ति उद्योगका म्यानेजर पुस्कर केसी र प्रतियोगिता संयोजक अरुण श्रेष्ठले पुरस्कृत गरे । समापनपछि खेलाडीले दर्शकका साथ होली मनाएका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]