default_image

9 years ago

March 15, 2017

सेन्ट्रल जोन भलिबलमा नेपालको पहिलो प्रतिद्धन्द्धी तुर्केमिनिस्तान

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले तुर्केमिनिस्तानसँग खेल्ने भएको छ ।

volleyball
एसियन भलिबल फेडेरेसनले सार्वजनिक गरेको ‘ड्र’ मा नेपालले पहिलो प्रतिद्धन्द्धीका रुपमा तुर्केमिनिस्तान पाएको हो । नेपालको पहिलो खेल मार्च २३ तारिखमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा २४ मार्चमा आयोजक माल्दिभ्स तथा २७ मार्चमा किर्गिस्तानको सामना गर्नेछ । च्याम्पियनसिप चैत ९ देखी १७ गते सम्म चल्नेछ ।

logo

प्रतियोगितामा नेपालसहित आयोजक माल्दिभ्स, किर्गिस्तान र तुर्केमिनिस्तानले सहभागिता जनाएका छन् । प्रतियोगिताको लागि नेपालले एक महिना अघिबाट सातदोबाटोस्थित भलिबल कोर्टमा प्रशिक्षण गरिरहेको छ । नेपाली टोलीको कप्तानी इम रानाले सम्हाल्नेछन् ।

vollabll-1

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.