9 years ago
March 19, 2017
पोखरा (हाम्रो खेलकुद) – पुनहिन क्लब घारेपानीले प्रथम अभियान पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुनहिल च्याम्पियन बनेको हो । उपाधिसहित पुनहिलले ५० हजार ५ सय ५५ र पोखराले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको थियो ।

मालेपाटन खेलमैदानमा शनिबार भएको फाइनलमा पुनहिलले पोखरालाई २५–१९, २५–२१ र २५–१४ ले हराएको थियो । त्यसअघि शनिबारनै पुनहिलले बाराहि माविलाई र पोखराले पेखरा बहुमुखी क्याम्पसलाई हराउँदै फाइनल भेट पक्का गरेका थिए ।
प्रतियोगितामा पोखराका युवराज भण्डारी बेस्ट डीफेन्स, प्रितम मल्लबेस्ट स्पाईकर, पुनहिलका विष्णु क्षेत्री बेस्ट ब्लकर, अर्जन मल्ल बेस्टर सर्भर, प्रदिन गुरुङ बेस्ट लिफ्टर र महेश खड्का उत्कृष्ट खेलाडी घोषित भए । सशस्त्र प्रहरिबल कालिका गण प्रतियोगिताको अनुशासित टोली घोषित भयो ।
पोखरा ट्रेडमलका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा, मेट्रो सिटी अस्पतालका संचालक समिति अध्यक्ष डा. भरत खत्री, टोलविकास नगर तथा वडा समन्वय समितिका अध्यक्ष उज्वल खत्री, स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय पार्षद यज्ञप्रसाद वास्तोला, नागरिक निगरानी समुहकी संयोजक अञ्जु केसी, सुर्यचन्द्र विकास समाजका अध्यक्ष अंकित बराललगायतले पुरस्कार वितरण गरेका थिए ।
मोहनबहादुर केसी अध्यक्ष रहेको अभियान युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ११ टोलीको सहभागिता थियो ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]