9 years ago
March 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ओखलढुंगाको गाम्नाङटारमा अर्को साता खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद पर्यटनको विकासका लागि दी युथ पावर नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चैत १५ गते देखि ३ दिन चल्ने प्रतियोगितामा काठमाडौं काठमाडौंलगायत विभिन्न जिल्लाका १३ टोलीको सहभागिता रहने आयोजक दी युथ पावर नेपालका खेलकुद संयोजक विजय बस्नेतले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
तेस्रो हुने टोलीले ३३ हजार ३ सय ३३ र चौथो टोलीले ११ हजार १ सय ११ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ तथा विधागत उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्सले समान १ हजार ५ सय प्राप्त गर्नेछन् ।
गाम्नाङटार सेवा समाजको सहकार्यमा आयोजना हुने प्रतियोगितामा सहभागी टोलीका लागि गाउँमै होम स्टेको व्यवस्था गरिएपनि आर्थिकभार सहभागी टोलीले नै बेहोर्नुपर्ने बताइएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]