9 years ago
March 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले तुर्कमेनिस्तानसँग खेल्दै माल्दिभ्समा जारी एबिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको यात्रा प्रारम्भ गर्दैछ । मंगलबार माल्दिभ्स पुगेको नेपाली टोलीले मंगलबार झन्डै २ घन्टा अभ्यास गरेको थियो । इम राना मगरको कप्तानीमा रहेको नेपाली टोलीले शुक्रबार आयोजक माल्दिस र मार्च २७ मा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यसपटक चार टोलीको सहभागिता रहेको प्रतियोगिताको मंगलबार भएको उद्घाटन खेलमा कीर्गिस्तानले आयोजक माल्दिभ्सलाई २५–२२,३३–३१,२५–२० ले हराएको थियो । सेटर इमको नेतृत्वमा टोलीमा मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा र दिल सुनार ओपन स्पाइकर छन् ।
यस्तै क्वीक स्पाइकरमा महेन्द्र श्रेष्ठ, भैरव बम र हरि अधिकारी रहेका छन् । साइड स्पाइकरमा नरेन्द्र गिरी, राजकुमार निरौला छन् भने सेटरमा दुर्गाप्रसाद महतो र लिबेरोमा ईश्वर थापा मगर छन् । टोलीमा चार खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । त्यसमा ओपन स्पाइकर दिल सुनार, क्वीक स्पाइकर हरि अधिकारी, सेटर दुर्गाप्रसाद महतो र साइड स्पाइकर राजकुमार निरौला छन् । दिल, हरि, दुर्गा नेपाल आर्मीका र राजकुमार एपिएफका खेलाडी हुन् ।

वीरेन्द्र चौधरी टोलीका मुख्य र जगदिश भट्ट सहायक प्रशिक्षक रहेका छन् । टोलीका व्यवस्थापकमा नेपाल भलिबल संघका सचिव डम्बरबहादुर नेपाली रहेका छन् । चौथो पटक आयोजना भएको सेन्ट्रेल जोनमा नेपालको यो दोस्रो सहभागिता हो । बंगलादेशमा आयोजना भएको पछिल्ला दुई संस्करणमा नेपाल सेमिफाइनलमा पुगेको थियो ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]