default_image

9 years ago

March 23, 2017

सेन्ट्रल जोन भलिबलमा नेपाल तुर्केमिनिस्तानसँग पराजित

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हारका साथ माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले बिहीबारको आफ्नो पहिलो खेल तुर्कमेनिस्तानसँग ३–० ले गुमायो । उपाधिको दाबेदार तुर्केमिनिस्तानसँग नेपाल २५–२०, २५–१८ र २५–२२ ले पराजित भएको हो ।

volleyball-male
हारका वावजुद नेपाली टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले टोलीको प्रदर्शनमा खुसी व्यक्त गरे । ‘तुर्कमेनिस्तान हामी भन्दा निकै माथिको टोली हो । त्यस्तो टोलीसँग यस्तो प्रदर्शन नराम्रो होइन,’ उनले भने, ‘हामी ब्लकमा केही चुक्यौं । यद्दपी समग्रमा प्रदर्शन राम्रो रह्यो । हार जित जे भएपनि खुलेर खेल्न भनेका थियौं । खेलाडीले त्यसरी नै खेले । यो प्रदर्शनलाई निरन्तरता दिन सके आउने दुई खेलमा नतिजा निकाल्ने सम्भावना छ ।’

सहायक प्रशिक्षक भट्टले पदक जित्ने लक्ष्यका साथ माल्दिभ्स आएको उल्लेख गर्दै त्यसको सम्भावना रहेको दाबी गरे । ‘हामी पदक जित्ने तयारीका साथ आएका छौं’ उनले भने, ‘भोलीको खेल हाम्रो लागि धेरै महत्वपूर्ण छ । लगातार खेलले आराम अलि पाइन्न । तर पनि खेलाडीको मनोबल उच्च छ । ’

पदक जित्ने सके नेपाली भलिबल इतिहासमै पुरुष टोलीले जित्ने पहिलो पदक बन्ने छ । महिला राष्ट्रिय टोलीले दक्षिण एसियाली खेलकुद (साग) मा तीन पदक कास्य पदक जितेपनि नेपालको पुरुष भलिबल टोली अहिले सम्म पदक विहिन रहँदै आएको छ ।  नेपालले शुक्रबार आयोजक माल्दिस र मार्च २७ मा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

vbm

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.