default_image

9 years ago

March 24, 2017

सेन्ट्रल जोन भलिबलमा नेपालले माल्दिभ्सको सामना गर्दै

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको नेपालले आज आयोजक टोलीको सामना गर्दैछ । नेपाल र माल्दिभ्स दुवैले पहिलो खेल गुमाइसकेकाले शुक्रबारको खेल दुवैका लागि महत्वपूर्ण हुनेछ ।

traning

नेपाल बिहीबार तुर्केमिनिस्तानसँग र माल्दिभ्स कीर्गिस्तानसँग पराजित भएको थियो । नेपाली टोलीले बिहान अभ्यास गरेको टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । उनको अनुसार नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे खेल सुरु हुनेछ । नेपालले बिहीबारको खेल उपाधिको दाबेदार तुर्केमिनिस्तानसँग  २५–२०, २५–१८ र २५–२२ ले गुमाएपनि भट्टले प्रदर्शन सन्तोषजनक भएको बताएका छन् ।

‘तुर्कमेनिस्तान हामी भन्दा निकै माथिको टोली हो । त्यस्तो टोलीसँग यस्तो प्रदर्शन नराम्रो होइन,’ उनले भने, ‘हामी ब्लकमा केही चुक्यौं । यद्दपी समग्रमा प्रदर्शन राम्रो रह्यो । हार जित जे भएपनि खुलेर खेल्न भनेका थियौं , खेलाडीले त्यसरी नै खेले । यो प्रदर्शनलाई निरन्तरता दिन सके आउने दुई खेलमा नतिजा निकाल्ने सम्भावना छ ।’

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.