default_image

9 years ago

March 24, 2017

सेन्ट्रेल जोन भलिबलमा नेपाललाई सफलता, माल्दिभ्स पराजित

165 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– नेपालले माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पहिलो सफलता प्राप्त गरेको छ । नेपालले शुक्रबार आयोजक माल्दिभ्सलाई ३–१ सेटले हराउँदै पदक जित्ने सम्भावनालाई जीवित राखेको छ ।
 

nepali-team
मालेस्थित भलिबल कोर्टमा नेपालले पहिलो सेट २३–२५ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जितेको थियो । ५ अंकका अग्रताको वावजुद नेपालले पहिलो सेट गुमाएको थियो । त्यसपछि नेपालले दोस्रो सेट २९–२७, तेस्रो सेट ३३–३१ र चौथो सेट २५–१९ ले जित्दै सफल नतिजा निकालेको थियो । पहिलो खेलमा नेपाल तुर्केमिनिस्तानसँग २५–२०, २५–१८ र २५–२२ ले पराजित भएको हो ।
नेपाली भलिबल टोलीका पूर्व प्रशिक्षक कपिलकिशोर श्रेष्ठले टोलीले उच्च प्रदर्शन गरेको बताए । ‘लगातार अन्तर्राष्ट्रिय स्तरमा खेल्दै गएपछि टोलीको स्तरमा पनि सुधार हुन्छ । त्यो सुधार आज माल्दिभ्सविरुद्धको खेलमा देखियो,’ श्रेष्ठले भने,‘ मानबहादुर श्रेष्ठ, कप्तान इम रानाले स्तरीय प्रदर्शन गरे । अन्य खेलाडी पनि राम्रो खेले । आज विशेष गरि टोलीले ओपन स्पाइक राम्रो गरेको छ ।’
श्रेष्ठले अझै टोलीमा सुधार हुन सक्ने विश्वास व्यक्त गरे । उनले भने,‘ हामीले तयारीमा अझै ध्यान पु¥याउन सक्ने हो भने यो भन्दा राम्रो गर्न सकिन्छ । हाम्रा खेलाडीमा यो भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्षमता छ ।’ गत डिसेम्बरमा बंगलदेशमा भएको सेन्ट्रल जोनमा नेपालले लिग चरणको खेलमा माल्दिभ्सलाई हराएको थियो भने तेस्रो स्थानको खेलमा सोही टोलीसँग पराजित भएको थियो ।
अब लिग चरणको अन्तिम खेलमा सोमबार कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यसपटकको प्रतियोगितामा चार टोलीको सहभागिता रहेको छ । चौथो पटक आयोजना भएको सेन्ट्रेल जोनमा नेपालको यो दोस्रो सहभागिता हो । बंगलादेशमा आयोजना भएको पछिल्ला दुई संस्करणमा नेपाल सेमिफाइनलमा पुगेको थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.