9 years ago
March 24, 2017
काठमाडौँ (काठमाडौं) – नयाँ बजार सामाजिक युवा क्लबको आयोजनामा चौथो नयाँ बजार खुला राष्ट्रिय पुरुष भलिबल झन्डै दुई सातापछि सुरु हुने भएको छ । लिग कम नकआउटका आधारमा हुने चैत २३ देखि २६ गते सम्म प्रतियोगिताका खेल नयाँ बजार टाउन प्लानिङ स्थित सोसिएल कोर्टमा सञ्चालन हुने क्लबका अध्यक्ष भगवान थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

चार दिने प्रतियोगितामा नेपाल आर्मी,नेपाल पुलिस,शसस्त्र प्रहरी बलको एपीएफ,आयोजक नयाँ बजार युवा क्लब,जाउलाखेल क्लब,स्याङ्जाको आधिखोला भलिबल क्लब,हेल्प नेपाल र ढोरपाटन क्लबको सहभागीता रहने प्रतियोगिता संयोजक पदम कुमार श्रेष्ठले बताए ।
विभागिय टोलीमा बाहेक अन्य क्लबमा भारतीय खेलाडी पनि समावेश हुन सक्ने बताइएको छ । प्रतियोगितामा सहभागी क्लबले नेपाल भलिबल संघको नियम अनुसार चार मात्र विदेशी खेलाडी सेटमा खेलाउन पाउने प्राविधिक संयोजक एवम् राष्ट्रिय रेफ्री विकास गुरुङले बताए ।
प्रतियोगिताको विजेताले एक लाख ७५ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ९० हजार १ सय ११ रुपैयाँ ,तेस्रो हुनेले ५१ हजार १ सय ११ तथा चौथोले २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
बेस्ट प्लेयर तथा विधागत उत्कृष्टमा सटर,ब्लकर,डिफेन्डर,क्वीइकर र बेस्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ । गत वर्ष आधिखोला स्पोट्र्स क्लबलाई हराउँदै नेपाल पुलिसले उपाधि जितेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]