default_image

9 years ago

March 26, 2017

सेन्ट्रल जोन भलिबलमा नेपालले कीर्गिस्तानको सामना गर्ने

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले राउन रोविन लिगको अन्तिम खेलमा सोमबार कीर्गिस्तानको सामना गर्दैछ । नेपालले पहिलो खेलमा तुर्किमिनिस्तानसंग पराजय बेहोरेको थियो भने दोस्रो खेलमा आयोजक माल्दिभ्सलाई हराएको थियो ।

nepali-team

पहिलो खेलमा नेपाल उपाधिको दाबेदार तुर्केमिनिस्तानसँग २५–२०, २५–१८ र २५–२२ ले पराजित भएको थियो । दोस्रो खेलमा मालेस्थित भलिबल कोर्टमा नेपालले पहिलो सेट २३–२५ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जितेको थियो ।

५ अंकका अग्रताको वावजुद नेपालले पहिलो सेट गुमाएको थियो । त्यसपछि नेपालले दोस्रो सेट २९–२७, तेस्रो सेट ३३–३१ र चौथो सेट २५–१९ ले जित्दै सफल नतिजा निकालेको थियो ।

सोमबारको खेलमा पराजित भएपनि नेपालको कास्य पदक जित्ने सम्भावना भने बाँकी नै रहनेछ । राउन्ड रोबिन लिग पछि पुछारका दुई टोलीले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।

भुल सुधार –यसअघिको समाचारमा नेपाल र कीर्गिस्तानबीचको खेल सोमबार हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.