default_image

9 years ago

March 26, 2017

नेपाललाई पुरुष भलिबलमा पहिलो अन्तर्राष्ट्रिय पदक पक्का

263 views

0 Bookmark

प्रकाश तिमल्सिना

काठमाडौं – चार दशकदेखि अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाउँदै आएको नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक पदक जित्ने पक्का भएको छ । माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालको कम्तिमा कास्य पदक पक्का भएको नेपाली भलिबल टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले टेलिफोनमा हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् ।

volleyball-male

आयोजक माल्दिभ्सले लगातार तीन खेल हार्दै प्रतियोगिताबाट बाहिरिएपछि एक खेल जितिसकेको नेपालले कम्तिमा कास्य पदक जित्ने पक्का भएको हो । पहिलो खेलमा कीर्गिस्तान र दोस्रो खेलमा नेपालसँग पराजित भएको माल्दिभ्सले तुर्किमिस्तानसँग आइतबारको खेल ३–० सेटले गुमाएका थियो । सहायक प्रशिक्षक भट्ट भने,‘ भलिबलमा पहिलो पटक हामीले अन्तर्राष्ट्रिक पदक जित्ने पक्का भएको छ । अझै हामी फाइनल पुग्ने सम्भावना बाँकी रहेकोले यो भन्दा ठूलो पदक पनि जित्न सम्भवना बाँकी छ । तर पनि कम्तीमा कास्य निश्चित भएको छ । यो नेपाली भलिबलका लागि ठूलो सफलता हो ।’

माल्दिभ्सले तीनै खेल हारेपछि नेपाल राउन्ड रोविनको अन्तिम खेलअघि नै कम्तिमा तेस्रो हुने पक्का भएको हो । राउन्ड रोविनअन्तर्गतको अन्तिम खेल सोमबार नेपाल र कीर्गिस्तानबीच हुनेछ । सबै तीन खेल जित्नै तुर्कमिनिस्तान भने फाइनलमा पुगिसकेको छ ।सोमबारको नतिजा जे भएपनि नेपाल र कीर्तिस्तानबीच पुनः मंगलबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

त्यसको विजेताले तुर्किमिस्तानसँग फाइनल खेल्ने भट्टले जानकारी दिए । उनले भने ‘दुवै टोलीका लागि भोली भन्दा पनि पर्सीको खेल महत्वपूर्ण हो । भोली राउन्ड रोविनको खेलमा हारेपनि हामी तेस्रो हुन्छौं । पर्सीको खेल फाइनल प्रवेशका लागि हुने भएकोले त्यो बढी महत्वपूर्ण हुनेछ ।’

सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो । सन् १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग) देखि निरन्तर भाग लिदै आएको नेपालले  पुरुष भलिबलमा कुनै पनि पदक जित्न सकेको थिएन । सागमा नेपालको महिला टोलीले भने तीन पदक कास्य पदक जितिसकेको छ ।

nepal-volleyball-second

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.