default_image

9 years ago

March 27, 2017

सेन्ट्रल जोन भलिबलमा नेपाल र कीर्गिस्तान दुई पटक भिड्ने

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिताको चार दशक पछि कम्तिमा कास्य पदक पक्का गरिसकेको नेपाली भलिबल टोलीले माल्दिभ्समा जारी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज साँझ कीर्गिस्तानको सामना गर्दैछ ।

volleyball-nt
राउन्ड रोविन लिगको अन्तिम खेल भएकोले दुवै टोलीका लागि आजको खेल खासै अर्थपूर्ण भने छैन । आजको नतिजा जे भएपछि भोली फेरी नेपाल र कीर्गिस्तानबीच फाइनल प्रवेशका लागि ‘प्ले अफ’ खेल हुने नेपाली टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले जानकारी दिए ।

सबै तीन खेल जितेर तुर्किमिस्तान प्रतियोगिताको फाइनलमा पुगिसकेको छ भने आयोजक माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको छ । आजको नतिजा जसको पक्षमा गएपछि राउन्ड रोविनको दोस्रो र तेस्रो टोलीबीच पुनः प्ले अफ हुनेछ । नेपाल फाइनल पुग्ने सके कम्तीमा रजत पक्का गर्नेछ ।
नेपाल र कीर्गिस्तान दुवैले तुर्किमिस्तानसँगको खेल गुमाएका थिए भने दुवैले माल्दिभ्सलाई हराएका थिए । ‘आजको खेल दुवैका लागि खासै महत्वपूर्ण छैन ’ सहयाक प्रशिक्षक भट्टले भने, ‘त्यहि हिसाबले आज केही खेलाडीलाई आराम दिने योजनामा छौं । नयाँ खेलाडीलाई अनुभवका लागि मौका दिन सक्छौ । यद्दपी खेलको अवस्था हेरेर खेलाडी परिवर्तन गर्नेछौं । ’
४१ बर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको नेपालको पुरुष टोलीले पहिलो पटक पदक पक्का गरेको हो । सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो ।

१९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग) देखि निरन्तर भाग लिदै आएको नेपालले पुरुष भलिबलमा कुनै पनि पदक जित्न सकेको थिएन । सागमा नेपालको महिला टोलीले भने तीन पदक कास्य पदक जितिसकेको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.