9 years ago
March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा नेपाल कांस्य पदकमा सिमित भएको छ । मंगलबार कीर्गिस्तानसँगको प्ले अफमा ३–० ले पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो ।

आयोजक माल्दिभ्स सबै खेलमा पराजित भएपछि नेपालको यसअघि नै कास्य पदक भने पक्का भइसकेको थियो । चार टोलीको सहभागिता रहेको च्याम्प्यिनसिपमा नेपालले माल्दिभ्सबाहेक कुनै टोलीलाई जित्न सकेन ।
मालेस्थित कभर्डहलमा मंगलबार भएको प्ले अफको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । यसअघि नेपाल समूह चरणको अन्तिम खेलमा सोमबार ३–१ को सेटमा पराजित भएको थियो । मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग १६–२५, २३–२५ र २०–२५ को सेटमा पराजित भएको हो ।
पराजित भएपनि नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक हात पारेको छ । ४१ बर्षअघि अन्तर्राष्ट्रिय भलिबल यात्रा थालेको नेपालको पुरुष टोलीले पदक जितेको यो पहिलो पटक हो । नेपाली महिला टोलीले भने दक्षिण एसियाली खेलकुदमा तीन पटका कास्य पदक जितेको थियो । कीर्गिस्तान र ताजिकिस्तानले सेन्ट्रल जोन उपाधिका लागि भिड्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]