9 years ago
March 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भबिलल संघले पहिलो अन्तर्राष्ट्रिय पदक जितेर स्वदेश फर्कदै गरेको नेपाली भलिबल टोलीलाई भव्य स्वागत गर्ने तयारी गरेको छ । माल्दिभ्समा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदक जितेको थियो ।

‘नेपाली भलिबलको इतिहासमा यो अहिले सम्मकै ठूलो सफलता हो । यसलाई हामीले सेलिब्रेट गर्नुपर्दछ भन्ने ठानेका छौं’ संघका महासचिव जीतेन्द्रबहादुर चन्दले हाम्रो खेलकुद डटकमसँग भने, ‘संघका पदाधिकारी, राजधानीमा रहेका भलिबल क्लब, तीन विभागिय टोलीका खेलाडी र पदाधिकारी सबैलाई हामीले पदक विजेता टोलीसँग खुसीयाली साट्न, उनीहरुको मनोबल बढाउन र स्वागतका लागि विमानस्थल पुग्न आग्रह गरेका छौं । ’
नेपाली टोली आज राती १० बजे त्रिभुवन विमानस्थल ओलर्ने बताइएको छ । बिहान माल्दिभ्सबाट निस्केको टोली दुबई हुँदै राती काठमाडौं आइपुग्नेछ । ४१ बर्षअघि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले जितेको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो ।
नेपाललाई लिग चरण र प्ले अफमा हराउने कीर्गिस्तानै सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप विजेता बनेको छ । बिहीबार भएको फाइनलमा तुर्किमिनिस्तानलाई ३–१ ले हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । सबै तीन खेल हारेको आयोजक माल्दिभ्स लिग चरणबाटै बाहिरिएको थियो ।
कीर्गिस्तानसँगको ‘प्ले अफ’ मंगलबार ३–० को सेटले गुमाएपछि नेपाल कांस्य पदकमा सिमित भएको थियो । लिग चरणमा भने तुर्किमिनिस्तानले कीर्गिस्तानलाई हराएको थियो ।
सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो । १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग) देखि निरन्तर भाग लिदै आएको नेपालले पुरुष भलिबलमा कुनै पनि पदक जित्न सकेको थिएन । सागमा नेपालको महिला टोलीले भने तीन पदक कास्य पदक जितिसकेको छ ।
पदक विजेता नेपाली भलिबल टोली – इम रानामगर ९कप्तान०, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा, दिल सुनार, महेन्द्र श्रेष्ठ, भैरव बम, हरि अधिकारी, नरेन्द्र गिरी, राजकुमार निरौला, दुर्गाप्रसाद महतो र ईश्वर थापा मगर ।
प्रशिक्षक – वीरेन्द्र चौधरी (मुख्य),जगदिश भट्ट (सहायक)
व्यवस्थापक – डम्बरबहादुर नेपाली
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]