9 years ago
April 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्ने नेपाली पुरुष भलिबल टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । टोलीका सदस्यलाई सरकारले जनही १ लाख रुपैयाँ दिने भएको छ । टोलीको स्वागतमा शुक्रबार राती त्रिभुवन विमानस्थल पुगेका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कारको घोषणा गरेका हुन् ।

टोली माल्दिभ्स जानुअघि विदाईमा मन्त्री श्रीपालीले भनेका थिए,‘पदक जितेर फर्कनुस् म तपाईको स्वागतमा विमानस्थलआइपुग्नुछु ।’ स्वागतका क्रममा मन्त्री श्रीपालले भने, ‘तपाईहरुले नेपालीलाई खुसी बनाउनु भएको छ । यति लामो समयपछि हामी पदक जित्न सफल भएका छौं । यो सफलताले भविष्यमा भलिबलको विकासमा थप योजना र सम्भावनाको ढोका खोलेको छ ।’
टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागतका लागि मन्त्री श्रीपालीसहित, नेपाल भलिबल संघका पदाधिकारी, खेलाडी, भलिबल क्लबका पदाधिकारीको उपस्थिति थियो । माल्दिभ्समा बिहीबार सम्पन्न प्रतियोगितामा नेपालले कास्य पदक जितेको थियो । कीर्गिस्तान विजेता बनेको च्याम्पियनसिपमा तुर्कमिन्स्तानरजत पदक जितेको थियो ।
लिग चरणमा माल्दिभ्सलाई हराएपछि नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक पक्का भएको थियो । ४१ बर्ष अघिबाट अन्तर्राष्ट्रिय भलिबलमा भाग लिन थालेको नेपाली पुरुष टोलीले पदक जितेको यो पहिलो पटक हो । नेपाली टोलीका कप्तान इम रानाले अहिले प्राप्त सफलताले नेपाली भलिबललाई नयाँ बाटो दिने विश्वास व्यक्त गरेका छन् । उनले भने ‘यो सफलताले सबैलाई खुसी बनाएका छौं र नयाँ सम्भावना देखिएको छ । मेहनत गर्दै जाने हो भने यो भन्दा ठूलो सफलता प्राप्त गर्न सकिन्छ ।’
नेपाली टोलीका प्रशिक्षक विरेन्द्र चौधरीले भलिबल संघको सक्रियताका कारण अहिलेको सफलता प्राप्त भएको बताए । नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले निरन्तरतको प्रयासले सफलता प्राप्त हुने भलिबल टोलीले प्रमाणित गरेको बताएका छन् । उनले भने,‘संघको पहल र खेलाडीको मेहनतले यो सफलता प्राप्त भएको छ । आउने दिनमा यो भन्दा ठूलो सफलताका लागि प्रेरणा मिलेको छ ।’
सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो । १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग) देखि निरन्तर भाग लिदै आएको नेपाली पुरुष टोलीले अहिले सम्म कुनै पदक जित्न सकेको छैन । सागमा नेपालको महिला टोलीले भने तीन पदक कास्य पदक जितिसकेको छ ।
पदक विजेता नेपाली भलिबल टोली – इम रानामगर (कप्तान), मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा, दिल सुनार, महेन्द्र श्रेष्ठ, भैरव बम, हरि अधिकारी, नरेन्द्र गिरी, राजकुमार निरौला, दुर्गाप्रसाद महतो र ईश्वर थापा मगर ।
प्रशिक्षक – वीरेन्द्र चौधरी (मुख्य),जगदिश भट्ट (सहायक)
व्यवस्थापक – डम्बरबहादुर नेपाली
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]