default_image

9 years ago

April 3, 2017

नयाँबजार कप भलिबलको तयारी पुरा, ८ टोलीले भाग लिने

192 views

0 Bookmark

काडमाडौं (हाम्रो खेलकुद) – नयाँबजार सामाजिक युवा क्लबको आयोजनामा बुधबार सुरु हुने नयाँ बजार कप खुला पुरुष भलिबलको सबै तयारी पुरा भएको जनाएको छ । चैत २६ गते सम्म चल्ने प्रतियोगितामा तीन विभागीयसहित ८ टोलीको सहभागिता रहेको छ ।

naya-bajar
सहभागी टिमहरुमा समूह ‘ए’ मा नेपाल पुलिस क्लब, ढोरपाटन स्पोर्टस टे«निङ सेन्टर, त्रिभुवन विश्व विद्यालय कीर्तिपुर, नेपाल एपिएफ क्लब छन् । यस्तै समूह ‘बी’ मा दिप्सन फुड्स जापान आँधिखोला, गीताञ्जली उच्च माध्यमिक विद्यालय, आयोजक नयाँबजार सामाजिक युवा क्लब र त्रिभुवन आर्मी क्लब रहेका छन् ।

सहभागी टोलीलाई अन्तर्राष्ट्रिय भलिबल संघको नियम अनुसार दुई समूहमा विभाजन गरिएको अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट कुलबहादुर रानाले बताए । नयाँ बजारस्थित सोसल मैदानको कोर्टमा हुने प्रतियोगितामा १६ लाख रुपैयाँ भन्दा बढी खर्च हुनु अनुमान रहेको
क्लबका अध्यक्ष भगवान थापाले बताए । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ७५ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै दोस्रो हुनेले टोलीले ९० हजार १ सय ११, तेस्रो हुनेले ५१ हजार १ सय ११ र चौथो हुनेले २५ हजार १ सय ११ रुपैँया प्राप्त गर्नेछन् ।

गतवर्षको तुलानामा यो बर्ष २५ प्रतिशतले पुरस्कार रकम बृद्धि गरिएको बताइएको छ । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, डिफेन्डर, क्विकर र प्रशिक्षक पनि पुरस्कृत हुने आयोजकले जानकारी गराएको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.