9 years ago
April 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले चौथो नयाँ बजार कप राष्ट्रिय पुरुष खुला भलिबल प्रतियोगिताको पहिलो दिन बुधबार दोहोरो जित हासिल गरेको छ । नयाँ बजारस्थित सोसियल टाउन प्लानिङको कोर्टमा भएको खेलमा आर्मीले आयोजक नयाँ बजार सामाजिक युवा क्लब र गिताञ्जली कलेजलाई सोझो सेटमा हराएको थियो ।

उद्घाटन खेलमा नयाँ बजारलाई २५–२०, २५–१६ र २५–१९ ले हराएको आर्मीले अर्को खेलमा गिताञ्जलि माथि २५–१२,२५–१४ र २५–१३ को जित हासिर गर्यो । प्रतियोगिताको साविक विजेता नेपाल पुलिसले पनि विजयी सुरुआत गरेको छ । पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–९, २५–१८ र २५–१७ ले पराजित गर्यो ।
प्रतियोगिताको उद्घाटन परराष्ट्र मन्त्री प्रकाशशरण महतले गरेका थिए । मन्त्री महतले उनले अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट कुलबहादुर रानालाई बल हस्तान्तरण गरे । प्रतियोगितामा तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइएको छ ।
समूह एमा गत बर्षको विजेता पुलिस, ढोरपाटन, त्रिभुवन विश्वविद्यालय र नेपाल एपीएफ क्लब छन् । समूह बीमा दिप्सन फुड्स जापान आँधीखोला, गीताञ्जलि कलेज, आयोजक नयाँ बजार र आर्मी क्लव रहेका छन् ।
प्रतियोगिताको विजेताले १ लाख ७५ हजार १ सय ११ रुपैयाँ, दोस्रो टोलीले ९० हजार १ सय ११, तेस्रो टोलीले ५१ हजार १ सय ११ र चौथो हुने टोलीले २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले आकर्षक ट्रफी प्राप्त गर्नेछन् भने विधागततर्फ वेस्ट स्पाइकर, सर्भर, ब्लकर, डिफेन्स, सेटर, क्वीकर र वेस्ट कोचलाई पनि आकर्षक ट्रफीबाट पुरस्कृत गरिने भएको छ ।
उद्घाटन समारोहमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा,महासचिव जितेन्द्रबहादुर चन्द,आयोजक क्लबका अध्यक्ष भगवान थापा,महासचिव टिकाराज पाण्डे,प्रतियोगिता संयोजक पदम श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरेका थिए । १६ लाख रुपैयाँ बढी खर्च हुने प्रतियोगिता शनिबार सम्म चल्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]