9 years ago
April 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब अलग अलग समूहको विजेताका रुपमा चौथो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

अपराजित रहँदै साविक विजेता समेत रहेको पुलिस समूह ‘क’ बाट बाट अपराजित रहदै अन्तिम चारमा पुगेको थियो । आर्मीले पनि समूह चरणका कुनै खेल हारेन र समूह ‘ख’ को विजेता बन्यो ।
समूह ‘क’ बाट एक खेल गुमाएको नेपाल एपिएफ र समूह ‘ख’ बाट पनि एक खेल गुमाएको दिप्सन फुड्स जापन आधिखोला उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा अब पुलिसले दिप्सन फुडस् तथा आर्मीले एपिएफको सामना गर्नेछ ।
नयाँबजार सोसल ग्राउण्डको कार्टमा दोस्रो दिन बिहीबार लिगको आफ्नो अन्तिम खेलमा पुलिसले एपिएफलाई २५–१७, २५–२० र २५–१८ को सोझो सेटमा हरायो ।
आर्मीले भारतीय खेलाडीहरुको साथ रहेको आधिखोलालाई २५–१६, २५–२३, २०–२५ र २५–१७ को सेटमा पराजित भयो । त्यसअघि आधिखोलाले पहिलो खेलमा गीताञ्जली कलेजलाई हराएको थियो ।
गीताञ्जली कलेजले लिगको आफ्नो अन्तिम खेलमा आयोजक नयाबजार सामाजिक क्लबलाई २५–२१,२५–२७,२५–१६ र २५–१४ को सेटमा हराउदै सान्त्वना जित निकाल्यो ।
शनिबार सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ७५ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टोलीले ९० हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो र चौथो टोलीले पनि नगद पुरस्कार पाउनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]